चुटकिलाहरु - राज कुमार
दशैँ र खसी
हरि बहादुर दशैंको लागि खसी किन्न गयेछा !!!
हरि: साहुजी त्यो घोर्ले खसीको कति पैसा हो ?
साहुजी: जम्मा ५०० रुपिया
हरि: आममामा कति सस्तो त, किन नि तेस्तो ?
साहुजी: चाइनाको खसी हो, ग्यारेन्टी हुदैन, घर पुग्ने बेला सम्म भुक्न पनि सक्छ !!!!
जाम सपिङ्ग गर्न
केटा एउटा केटी सँग : .
केटो : म सँग घुम्न जान्छौँ ?
केटी : कता लान्छौ हौ?
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
केटी : ओके तेसो भय जाम shopping गर्न . . . .
केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!
एक पैसा को बुद्दी
बाउ:- एक पैसा को बुद्दी छैन तेरो ! धनियाको पत्ता लेराइज भनेको पुदिना लेरायर मरेछ । तं जस्तो नालायक बेकुफ घरमा बस्न भन्दा निस्केर गयको जाती हुन्छ
सेरे:- तेसो भय संगै निस्के हुन्न र?
बाउ;- तं संग म किन निस्किनी नि?
सेरे:- आमाले त यो मेथिको साग हो भन्नू भाथ्यो |
हाकु मैचा
हाकु कालेले केटीलाई फोन गर्छ:
हाकु : हाई डार्लिङ्!
मैचा : हेलो डिएर!
हाकु : के छ मैया, मलाई टिम्रो निकै याड आइरा’छ नि होई
मैचा : लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म!
हाकु : का बैमान, फेरि टिम्लाई नै परेछ!
थर्मस
शेरे: साहुजी त्यो के हो ?
साहुजि: त्यो थर्मस हो । यसमा तातो चिज राखे
तातै रहन्छ , चिसो चिज राखे चिसै रहन्छ ।
शेरे: त्यसो भए एउटा दिनु न त ।
घरमा बुढी सँग्
बुढि: यो केहो ?
शेरे: यो थर्मस हो । यसमा तातो चिज राखे तातै
रहन्छ , चिसो चिज राखे चिसै रहन्छ ।
बुढि: यसमा के ल्याउनु भाछ त ?
शेरे: दुइ कप चिया र एउटा कोकाकोला ।