हार्दिक श्रद्धाञ्जली

2001-11-25

Ganesh Kumar Shrestha

2081-04-17

कोशी प्रदेश, धनकुटा जिल्ला, चौबिसे गाउँपालिका वडा न. १, ६ नं. बधबारे गडेरे निवासी पिता भिम बहादुर श्रेष्ठ रा माता बिष्णुमाया श्रेष्ठका ३ भाइ छोरा तथा ३ बहिनी छोरी मध्ये जेष्ठ सुपुत्रको रुपमा २००१ साल फाल्गुण २५ गते जन्म भइ २०२२ साल फाल्गुण २२ गते पाँचथर जिल्ला, आरुबोटे मेहेपा निवासी पिता भिम सिंह श्रेष्ठ र माता मैयादेवी श्रेष्ठकी सुपुत्री कलमाया श्रेष्ठसंग वैवाहिक बन्धनमा बाँधिनु भई सोहि स्थानलाई स्थायी कर्मथलो बनाई बसोबास गर्दै आउने क्रममा बि.स. २०४३ साल श्रावण ३ गते धर्म पत्नी कलमाया श्रेष्ठको निधन भए पश्चात बि.स. २०४४ सालमा पाँचथर जिल्ला, तिलकेनी हाँगुम निवासी पिता घनबहादुर तथा माता तुलादेवी श्रेष्ठकी सुपुत्री विन्द्रकुमारी श्रेष्ठसंग पुन बैवाहिक बन्धनमा बाधिइ जीवन यापन गर्ने क्रममा यहि मिति २०८१ साल श्रावण १७ गते विहिवार दिउसो २ः११ बजे भएको असामयिक निधनले करबीर श्रेष्ठ स्मृति सेवा समिति परिवार अत्यन्तै स्तब्ध एवम मर्माहद भएका छौ।

अतः यस दःखद घडीमा रहनु हुने श्रीमतीः विन्द्र कुमारी श्रेष्ठ, छोरा बुहारीः हरिचन्द्र‌ ‌‍- सुभद्रा श्रेष्ठ, माईली बुहारीः राधा श्रेष्ठ, छोरा बुहारीः विशाल - ईन्दिरा श्रेष्ठम छोरी ज्वाईः कल्पना - गोविन्ध श्रेष्ठ, मुना - प्रेमबहादुर श्रेष्ठ, ८ नाति, ७ नातिनी, २ पनाति सहित शोकाकुल परिवारजनहरु, कुलकुटुम्व, इष्टमित्र, छरछिमेकि तथा आफन्तजनहरु प्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गर्दै मृतात्मको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।

सुरेन्द्र श्रेष्ठ (अध्यक्ष)

पदम श्रेष्ठ (सचिव)

समस्त करबीर श्रेष्ठ स्मृति सेवा समिति

उर्लावारी परिवार