विचार

संसारको शृष्टि संग-संगै मानव बिकाशको क्रममा कस्यप ऋषिको सन्तानको रुपमा जन्म लिई अनादिकाल देखि विभिन्न स्थानहरुमा बसोबास गर्दै भक्तपुरबाट तेह्रथुमको कोबेक, त्यसपछि धनकुटाको छ नम्बर बुधबारेमा आई बसोबास गर्ने करबिर श्रेष्ठका परिवारको बंशावली प्रकाशन भएको छ बंशावली भनेको आफ्ना पिता पुर्खाहरुका मान मात्र नभई उनीहरुको आफ्नो धर्म परम्परा र संस्कृति प्रति गर्नु भएको योगदानको सम्मान पनि हो भक्तपुर, तेह्रथुमको कोबेक हुँदै धनकुटाको छ नम्बर बुधबारेलाई आफ्नो कर्मथलोको रुपमा विकास गर्दै सन्तान बृधि संगै हाल देशका तराई, पहाड, काठमाण्डौ लगायत अन्तराष्ट्रिय स्तरमा विभिन्न देशहरुमा समेत बसोबास गरिसक्नु भएका करबिर श्रेष्ठका सन्तानहरु बिच यो बंशावलीले मालाको काम गर्ने छ

हाम्रा अजा, अजि, आमा, बुबा, दाजुभाई, दिदीबहिनी, छोरी बुहारी बिच के नाता पर्छ ? कसले कसलाई के नाताले बोलाउनु पर्छ ? भन्ने र हाम्रो कुल धर्म, संस्कार, परम्परा र संस्कृतिको जगेर्ना गर्दै हामीलाई एकताबद्ध बनाउन यो बंशावली सफल हुनेमा पूर्ण बिश्वास राखिएको छ आधुनिक जमानामा हिडिरहेका हाम्रा सन्तान र भावी सन्ततिहरुलाई हामी को हो ? हाम्रा पिता पुर्खाको ईतिहास के हो ? पुर्खाहरुले गरि ल्याएका परम्परा के-के हुन् ? ति सबै बिषयहरुमा यो बंशावली ले मार्ग दर्शन गर्न मद्दत पुरयाउछ भनि आशा राखिएको छ