तलेजु भवानी र हाम्रो सन्तति
“ तलेजु भवानीप्रति राजपरिवारको भक्तिभाव र ईतिहास
खोज, अनुसन्धान र लेखन (अंग्रेजीमा) – शुसिला मानन्धर (सोधकर्ता)
नेपाली रुपान्तरण – गोपालमणि दर्जी (एम. एड, अंग्रेजी)
६ नं. बुधवारे – ४, धनकुटा ।
नेपालका राजाले वि.सं १८९७ (सन १८४०) मा पाटनको तलेजु र देगुतले मन्दिरको गुठी सम्वन्धमा लालमोहर जारी गरे। यो लालमोहरको मिति राजा राजेन्द्र विक्रम शाहको शासनकालमा पर्दछ। यो कागज तलेजु र देगुतले मन्दिर सम्बन्धमा पहिलो प्रामाणिक अभिलेख हो। गुठीसम्बन्धी यो महत्वपुर्ण लालमोहर राजा राजेन्द्र विक्रम शाहको पालामा जारी भएपनि यसको सम्वन्ध उनका पिता गीर्वाण युध्द विक्रम शाहसँग छ। विक्रम शाहदेव...