Introduction

करबिर वंश परिचय

श्री करबिर श्रेष्ठका पुर्खा काठमाण्डौ उपत्यकाको भक्तपुर शहरबाट पूर्वाञ्चलको विकट गाउँमा आई बसोवास गर्नु नेपालको त्यो कालखण्डमा निकै साहसिक र चुनौती पूर्ण कार्य रहेको हुनु पर्दछ । भौगोलिक विकटता त थियो नै शासन प्रणाली, न्याय प्रणाली र सामाजिक सुरक्षाको अवस्था पनि त्यो समयको नेपालमा ज्यादै अविकसित र ब्यक्तिबादी रहेको हुनु पर्दछ । साथै व्यापार व्यवसायको अवस्था र अवसर पनि ज्यादै कमजोर र न्यून रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तो परिस्थितीमा पनि आफ्नो सन्ततिको उचित लालनपालन भई आज एक बिकसित बंशको रुपमा आफ्नो सन्ततिको वृद्धि भएको पाउँदा पुर्बजहरुको आत्माले सन्तोष मानेको हुनु पर्दछ ।

मानिसहरुको बिकसित समाजले आफ्नो बंश प्रति गौरव महसुस गर्दछन र बंश सम्बन्धि लिखित दस्तावेजहरु तयार तथा अध्यावधिक राख्दछन । त्यसै क्रममा श्री करबिर श्रेष्ठका सन्ततिहरुले पनि विभिन्न कालखण्डमा आफ्नो बंशको यथार्थ विवरण तयार गर्ने जमर्को गरेको छ, साथै समाजलाई एक आपसमा निकट बनाउन र गोलबन्ध हुन सहयोग पुरयाउने उद्देश्यले विभिन्न समिति/संस्था खोलि बिबिध सेवा पुरयाउदै आएको छ ।