चौथो साधारण सभा (२०६८)

चौथो साधारण सभा २०६८ सालमा भोलामान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो सो साधारण सभा सम्म आईपुग्दा कुल पुजा गर्ने भण्डारण (स्टोर) कोठाको आवश्यकता महसुस गरि श्री देबेन्द्र कुमार श्रेष्ठ र नरेन्द्र कुमार श्रेष्ठ बाट १/१ कोठाको भवन रु. १००००० (एक लाख)/१००००० (एक लाख) को लागतमा बनाई सहयोग गरि दिनु भई संस्थालाई जिम्मा समेत दिनु भयो साथै सौचालयको आवश्यकता महशुस गरि अध्यक्ष भोलामान श्रेष्ठबाट रु. ३०००० (तिस हजार) को लागतमा एउटा सौचालय समेत निर्माण गरि संस्थालाई हस्तान्तरण गर्नु भयो हाम्रो भान्जो खाल मोरंग पथरी निवासी दिलीप श्रेष्ठ (ठेगदार ठुले) ले रु. ७००० (सात हजार) मोल पर्ने काठ, ढोकाहरु मन्दिर भवन निमार्णमा सहयोग गर्नु भई उल्लेखनीय योगदान गर्नु भएको छ साथै यस साधारण सभाबाट २ बर्षको लागि नयाँ कार्य समिति चयन गरि कार्यभार जिम्मा लगायो र २०७० साल फाल्गुनमा पाँचौ साधारण सभा र कुल पुजा गर्ने निर्णय समेत भयो नया कार्य समिति निम्न अनुसार छन्

अध्यक्ष: सुरेन्द्र कुमार श्रेष्ठ

उपाध्यक्ष: उत्तम श्रेष्ठ

सचिव: जगत बहादुर श्रेष्ठ

कोषाध्यक्ष: टस बहादुर श्रेष्ठ

सदस्य: बिर बहादुर श्रेष्ठ

सदस्य: गुण राज श्रेष्ठ

सदस्य: युबराज श्रेष्ठ

सदस्य: कुल बहादुर श्रेष्ठ

सदस्य: गोविन्द श्रेष्ठ

सदस्य: रत्न कुमार श्रेष्ठ

सदस्य: भुवन श्रेष्ठ