ईतिहास तथा महत्वपुर्ण जानकारी
बसाइ सराई
श्री मन नारायण श्रेष्ठ तत्कालिन भक्तपुर राज्यको बासिन्दा थिए । उनी त्यस समयको कानुन बिषयमा पोख्त रहेको कारण नेपालको पुर्बी भेगका लिम्बुवान राज्यका प्रभावशाली ब्यतिक्त्वहरुको सम्पर्कमा आई समुधर सम्बन्ध तथा प्रेम भाव विकास भएको, र लिम्बुवान क्षेत्रमा श्री मन नारायण श्रेष्ठ जस्ता व्यक्तित्वको खाँचो महसुस गरी उनलाई इच्छा अनुसार को त्यस बखतको मुख्य पेशा कृषि कार्य गर्न बिना मूल्य प्रयाप्त जग्गा जमिन समेत उपलब्ध गराउने प्रस्तावले भक्तपुरबाट तेह्रथुमको कोबेक भन्ने इस्थानमा बसाई सराई हुन प्रेरित गरेको पाइन्छ ।
श्री मन नारायण श्रेष्ठका तीन छोराहरु जेठो भण्डार सिंह, माईला करबिर, कान्छा कुबीर सिंह थिए । तेह्रथुमको कोबेक हाल फम्फेवा गा. बि. स. को लामो बसाई पछि सन्तान वृद्धिका कारणले नया ठाँउको खोजि हुँदा उँहाको माईला छोरा श्री करबिर श्रेष्ठलाई धनकुटा जिल्लाको त्यस बखत छथुम मिकलुक भनिने स्थान हाल ६ नम्बर बुधबारे वार्ड नम्बर ३ पोखरी ज्यादै मन परेको कारणले उँहा त्यस ठाउमा आई बसोबास गर्नु भयो ।
सो ठाँउ रमणीय, उब्जाउ जग्गा जमिन र कृषि उत्पादन तथा घरेलु आवश्यकताका सामाग्रीहरु खरिद गर्न तराईको हाटबजार नजिक रहेको कारणले उक्त स्थान छनौट भएको बुझिन्छ । श्री करबिर श्रेष्ठका सन्तानहरु जेठा बलबीर, माईला कृष्णबिर, कान्छा राम नारायण थिए र ज्यादै मेहनती कृषि पेशामा लगनशील भएर धेरै पुस्ता सम्म त्यसै स्थानमा जिविको पार्जन गरी बसोबास गर्दै आएको पाईन्छ र पछि गएर सन्तान बृधि र ठाउँ अभावका कारण उहाँको जेठा छोरा (बलबीर) को जेठा छोरा श्री महाबिष्णु श्रेष्ठ हालको पाँचथर तर्फ बसोबास सरि गएको पाईन्छ ।
पेशा तथा प्रतिष्ठा
श्री करबिर श्रेष्ठका सन्तानहरु अधिकांश कृषि पेशामा नै संग्लग्न भएको हुँदा उक्त स्थानको छनौट उपयुक्त रहेको र अन्य जनजातिको बसोबास ज्यादै न्यून रहेकोले उक्त स्थानको सम्पूर्ण क्षेत्रमा श्री करबिर श्रेष्ठका सन्तानको नै एकाधिकार जस्तो भएकोले प्रभावशाली परिवार कै रुपमा स्थापित रहेको प्रष्ट हुन्छ ।
६ नम्बर बुधबारे गाउँ विकास समितिको प्राकृतिक सौन्दर्य अतुलनिय छ । करबिर श्रेष्ठको सन्ततिहरु आई बसोबास गरेको स्थानले काठमाडौँ उपत्यकाको सानो स्वरुपको झलक दिन्छ । उक्त स्थानमा पौराणिक कालका राजा पोखरी रानी पोखरी दुई ठुला पोखरी रहेको त्यहाँको भौगोलिक बनावटले समेत प्रष्ट्याउँछ । चारैतिर पहाड र जंगल खोलानालाले घेरिएको क्षेत्र जसको पुर्व दक्षिणमा पर्यटकीय स्थल मेक्लाजुंग पर्वत अवस्थित रहेको छ ।
श्री करबिर श्रेष्ठको सन्तती स्थानान्तरण भई आएको समयमा उक्त स्थान लिम्बुवान राज्य अन्तर्गत नै रहेको र भक्तपुरबाट कोबेक बसाईं सर्दा पनि प्रभावशाली लिम्बु जातिको व्यक्तित्वहरु कै आग्रहमा भएको हुँदा कोबेकबाट ६ नम्बर बुधबारे स्थानान्तरण हुँदा समेत लिम्बुवान क्षेत्रका प्रभावशाली व्यक्तिहरुसंग राम्रो सम्बन्ध सम्पर्क स्थापित भएको तथ्य करबिर सन्ततीले प्राप्त गरेका प्रयाप्त जग्गा जमिन र त्यस समयको प्रमुख पशुपालन पेशालाई सघाउ पुग्ने गरी प्रयाप्त बन जंगल खर्क (निश्चित क्षेत्रको बनजंगलको उपभोग निश्चित परिवारले मात्र घाँस दाउरा काठको उपभोग र गाई भैंसी गोठ राख्न पाउने स्थान) को रुपमा उपभोग गर्न अधिकार प्राप्त गरी जुगौंजुग सम्म उपभोग गरेको बाट प्रष्ट हुन्छ ।
त्यसका साथै भुमि कर (तिरो) उठाउने कार्यमा समेत श्री दलबिर श्रेष्ठ (करबिर श्रेष्ठका जेठा छोरा) को साइँला छोरा श्री तुलसी नारायणको नाती स्व. श्री भिम बहादुर श्रेष्ठलाई मानार्थ मुखिया पदवी दिई राजश्व प्रशासनमा सहभागी बनाएको र मानार्थ मुखिया भएकोले गाउँमा हुने साँध-सिमाना, सानातिना झैंझगडा मुद्दा मिलाउने कार्यले श्री करबिर श्रेष्ठको सन्ततिको महत्व र प्रभुत्व दर्शाउँछ ।
आय आर्जन, सम्पत्ति वृद्धि र मान प्रतिष्ठा कमाउन श्री करबिर श्रेष्ठको छोरा नातिहरु मध्ये महाबिष्णुको नाम ईज्जत र धन सम्पत्ति आर्जनमा सबै दाजुभाईलाई पछि पारेको पाईन्छ । त्यस बखत त्यस भेग तथा वरिपरिकोक्षेत्रमा प्रभावशाली व्यक्तित्वमा उनको नाम लिंदा सबैले मान्ने बिश्वास गर्ने कुल कुटुम्बहरुले विवाह सम्बन्ध जोड्नमा लालायित हुने स्थिति रहेको पाईन्छ ।
सामाजिक सदभाव तथा सहभागिता
सामाजिक कार्यहरुमा सामाजिक व्यवहारिक नीतिहरु मनन् गरी लागु गर्न समेत श्री करबिर श्रेष्ठका सन्ततीहरु प्रयत्नशील रहिरहने बारे विवाह र मरौपरौ (मृत्यु) कार्यमा प्रत्येक घर परिवारले निश्चित जिन्सी र नगद उपलब्ध गराउने पर्ने नियम बनाई लागु गरेको (हालसम्म प्रचलनमा रहेको) बाट प्रष्ट हुन्छ ।
समयको विभिन्न कालखण्डमा श्री करबिर श्रेष्ठका सन्ततीहरुको सामाजिक, धार्मिक, राजनीतिक, कार्यहरुमा दह्रो सहभागीता रहने गरेको पाईन्छ । जसमा देबेन्द्र कुमार श्रेष्ठ ६ नम्बर बुधबारेको उप प्रधान पञ्च र प्रमुख प्रधान पञ्च भई लामो समय कार्य गरेकोबाट पनि प्रष्ट हुन्छ । त्यसरी नै स्व. नर बहादुर श्रेष्ठ, गोर्ख बहादुर श्रेष्ठ, स्व. रत्न बहादुर श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, सन्त बहादुर श्रेष्ठ, स्व. जगत बहादुर श्रेष्ठ ६ न. बुधबारे गा. बि. स. को वाड अध्यक्ष सदस्यहरुमा रही सेवा गरेबाट पनि अवगत हुन्छ ।
बिशेष गरी स्कुल स्थापना, बाटोघाटो निर्माण, हाटबजारको स्थापना आदि कार्यमा बलबीर श्रेष्ठका जेठा छोराका सन्ततीहरु मध्ये महाबिष्णु, चन्द्र बहादुर, बिर बहादुर, लाल बहादुर, धन बहादुर, युद्ध बिक्रम, ललित कुमार, गणेश बहादुर, देउ नारायण, देबेन्द्र कुमार श्रेष्ठ उल्लेखीय छन् ।
बलबिरका साइँला छोरा तुलसी नारायणका सन्तती मध्ये श्री मुखिया भिम बहादुर श्रेष्ठ, बलबीर श्रेष्ठका काईला छोरा बिष्णु नारायण श्रेष्ठका सन्ततीहरु मध्ये स्व. धर्मध्वज श्रेष्ठ, स्व. श्री नर बहादुर श्रेष्ठ, स्व. श्री पदम बहादुर श्रेष्ठ आदि उल्लेख्य छन् ।
श्री देउ नारायण श्रेष्ठ (पान्थरे नया घरे कान्छा) ले कुनै दाजुभाईको घरको सदस्यको मृत्यु हुँदा काज क्रिया सम्पन्न गर्न आर्थिक अवस्था ज्यादै कमजोर भएकोले कसरि सम्पन्न गर्ने भन्ने छलफलमा प्रत्येक घरले निश्चित जिन्सी, नगद सहयोग गरी सम्पन्न गर्ने सुझाव दिई तुरुन्त लागु गर्ने (हाल सम्म लागु भएको) यो कार्य उदाहरणीय र स्वागत योग्य मानिएको छ ।
हाल ६ नम्बर बुधबारे स्थित श्री शारदा मा. बि. स्थापना गर्न स्थानीय अन्य समुदायको साथमा सक्रिय सहयोग पुरयाउनेहरुमा स्व. ललित कुमार श्रेष्ठ, श्री गणेश बहादुर श्रेष्ठ, स्व. धन बहादुर श्रेष्ठ, स्व. श्री नर बहादुर श्रेष्ठ, स्व. भिम बहादुर श्रेष्ठ, (राइटर माईला) आदिको उल्लेख्य योगदान रहेको छ ।
रुडीबादिलाई निरुत्साहित र रितिरिवाजमा सतेचना
स्व. श्री पदम बहादुर श्रेष्ठ (बहुला अजा) ले समाजमा डर, त्रास, भूतप्रेत, बोक्सी प्रथालाई निरुत्साहित गर्न र त्यस्ता कुराको कुनै औचित्य छैन भनि समाजलाई विश्वास दिलाउन, मान्छे मरेकै दिन गाडेको चिहानबाट मुर्दा बोकेर लगेको हरियो बाँस मध्य रातमा चिहानमा गई आफ्नो घर आँगनमा ल्याएर उदाहरण दिन्थे ।
धर्मशास्त्र, कर्म काण्ड शास्त्र बारे काईला बाजेको सन्तती स्व. धर्मध्वज श्रेष्ठ मराउ पराउमा (काज क्रिया) कर्मकाण्ड आदीहरुमा सुरु देखि अन्त्य (समापन) अवधि सम्म संलग्न शास्त्र अनुसार बिधीपुर्बक सम्पन्न गराउन सक्रिय हुनुहुन्थ्यो । वहाँ सँग कर्मकाण्ड गर्न आएका पुरोहित, बाजेहरू पनि सतर्क र सजग हुन्थे र उहाँले आफ्नो भाई भातिजहरुलाई गाईबस्तु हेर्दा धुलोमा कोरेर अक्षर चिनाउने उदाहरणीय काम गर्नु भएको थियो ।
यस्तै अनेकौ शुभकार्यहरु सही करबिर श्रेष्ठका सन्ततिहरुको पिडिले गरेर समाजमा उदाहरण पेश गरेको पाईन्छ । साथै आफ्नो बढ्दो परिवारलाई संगठित गरि कुलपूजा (देवाली) विभिन्न समयमा विभिन्न ठाउँमा विभिन्न कठिनाईका बाबजुद यस संथालाई संगठित गरि एकै थलोमा ल्याई स्थायी स्थानको खोजि गरि देवाली पुजा सफल गर्न निम्न व्यक्तिहरुको पहलमा भएको पाईन्छ ।
कुलपूजा तथा बंश संगठित
क) पहिलो पटक २०३९ सालमा ६ नम्बर बुधबारे वा. न. ३ ठाडो गाउँको मूल घरमा कुल पुजा निम्न अग्रजहरुको अगुवाईमा पहल भएको देखिन्छ . (१) युद्ध बिक्रम श्रेष्ठ (२) देउ नारायण श्रेष्ठ (३) हरि भगत श्रेष्ठ (४) रत्न बहादुर श्रेष्ठ (५) गजेन्द्र श्रेष्ठ (६) जगत बहादुर श्रेष्ठ ।
ख) २०४२ सालमा कुल पुजा श्री रण बहादुर श्रेष्ठको अधक्ष्यतामा श्री गणेश बहादुर श्रेष्ठ, श्री शान्त कुमार श्रेष्ठको, अग्रसरमा लक्ष्मीझारको ढुंगा झोडामा सम्पन्न भयो ।
ग) २०४५ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अध्यक्ष्यतामा १) भिम प्रसाद श्रेष्ठ, २) रण बहादुर श्रेष्ठ, ३) शान्त कुमार श्रेष्ठ को अग्रसरतामा ६ नम्बर बुधबारे ३ धमला गैरीमा सम्पन्न भयो ।
घ) २०४८ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा उर्लाबारी ७ डुम्रे खोलामा देवाली पुजा सम्पन्न भयो ।
ङ) २०५१ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा उर्लाबारी ७ डुम्रे खोलामा देवाली पुजा सम्पन्न भयो ।
च) २०५४ सालमा श्री देबेन्द्र कुमार श्रेष्ठको अधक्ष्यतामा केहि दाजुभाईको सदस्यहरुको परिवार भाङ्गबारि दमकमा श्री डम्बर केशर श्रेष्ठको कोठेबारीमा भेला भई देवाली पुजा सम्पन्न भयो र अरु दाजुभाईहरुले सिरुझारमा देवाली पुजा सम्पन्न गरे । उक्त घटना पछि यस परिवारका सदस्यहरु शंकर प्रसाद श्रेष्ठ, महेश कुमार श्रेष्ठ, नर बिक्रम श्रेष्ठ, गजेन्द्र कुमार श्रेष्ठ, लक्ष्मी दास श्रेष्ठ, समेतको पहल र सक्रियतामा दाजुभाईहरुको बृहद भेला गराई बिगतका सम्पूर्ण कमिकमजोरिहरुका बारेमा समिक्षा गरि कमीकमजोरी महशुस गराउनु भयो । उक्त भेलाले परिवारलाई संस्थागत रुपमा संगठित गरि विधिवत संस्था दर्ता गरि पारदर्शी रुपमा संचालन गर्ने निर्णय गरयो ।
छ) २०५७ सालमा सबै करबिरका सन्तानहरु संगठित भई बृहद छलफल गरि सिरुझारमा नै स्थाई कुल पुजा (देवाली) गर्ने भन्ने बहुमतले पारित गरयो र सोहि ठाउँमा मन्दिर निर्माण स्थलको लागि स्व. बिर बहादुर श्रेष्ठ (लाहुरे) ले ०-०-१५ (पन्ध्र धुर) जग्गा, तत्कालिन अवस्थाको मोल रु. २५००० (पचिस हजार) पर्ने, श्री लक्ष्मी कुमार श्रेष्ठबाट ०-०-६ (छ धुर) जग्गा, मोल रु. ८००० (आठ हजार) प्रदान गर्नु भयो । सोहि भेलाबाट ३ बर्षका लागि निम्न अनुसार एकताको कार्य समिति गठन भयो । अध्यक्ष श्री देबेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष लक्ष्मी कुमार श्रेष्ठ, सचिव गजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष टस बहादुर श्रेष्ठ, सदस्यहरु शन्त बहादुर श्रेष्ठ, महेश कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, जगत बहादुर श्रेष्ठ, हरिभागत श्रेष्ठ, हरिभक्त श्रेष्ठ र हेमन्त श्रेष्ठ ।