कविता

"आमा तिमीलाई जन्म दिनको शुभ कामना"

सिमलको भुवा भन्दा कोमल हृदय तिम्रो,

आमा निल गगन भन्दा बिशाल छ छाती !

खेपेयौ कयौ पिडा जागेयौ कती राती,

भुली आफ्नो भोक प्यास समर्पित म प्रती !

मेरो पथका सबै बाधा अप्ठ्याराहरु,

पाँछायौ तिमीले सधैं खुशी भै !

थाकेउ होली आमा तिमीलाई राख्छु,

प्रेमले माया गर्दै समिपमा मेरै !

जन्माई,बढाई,मार्गदर्सन दियौ,

प्रेमले सिचेको म तिम्रो बागको कली !

फिकर नगर आमा अब मेरो पालो,

खिलखिलाउनेछु तिम्रो मुस्कानमा बसी !

इत्रिदै तिम्रो स्वर्ग सरी काखमा,

हिजो सम्म लडिबडी खेली रह्न्थे !

चिन्ता कती पनि नलेउ आमा तिम्रो,

थकाईमा मेरो काध छ थामी दिने !

जिबन भर आमा आसिश भरी हात

मेर सिरमा राख गर्छु एही बिन्ती

तिम्रो चरण मुनी स्वर्ग मेरो अनि

आसिशमा तिम्रो सक्ती कती कती !

सधैं चितीत तिमी मेरो लागि जोडी,

औंला माग्छौ प्रभुसँग हजार दुवा !

आमा आज बिन्ती बिसाई इस्वरसँग,

गर्छु तिम्रो लागि कोटी कोटी प्रार्थना !

सयौ बर्ष दोहोरिदै आवोस यो दिन

अनि दीनपाउ जन्म दिनको शुभ कामना !

शान्ती छाओस जीवनमा आनन्द,

आरोग्यताको कामना तिम्रो कोमल गाथमा !!

"फुगंफुगें झरना"

चादनी पोखिये झै झल्को दिने उफ फुगंफुगें झरना तिमी,

हरियारी माझ ताप्लेजुङको शोभा हौ फुगंफुगें झरना तिमी ।।

धर्तीको छाती चिरी नसुस्ताई झरी रहने दुनिया हसाउन,

स्वर्गको परी लोभ्याउले सुन्दरता उफ फुगंफुगें झरना तिमी।।