करविर श्रेष्ठ परिवार को चिनारि
श्री करविर श्रेष्ठको सम्षीप्त चिनारी
श्री करविर श्रेष्ठको पुर्खाको उधगम विन्दु पहिलो पिढी काँशीपुरीमा हो। त्यहाँ बाट हिडेर दोस्रो पिडी नेपाल देशको जिल्ला भक्तपुर (भातगाउँ) मा आई बसेको हो।
तेस्रो पिढी भक्तपुर देखि पूर्वका जिल्ला तेह्रथुम फम्फेवा वा कोवेक भन्ने ठाउँमा आई बसोवास गरिवस्नु भएको थियो। हाम्रो वशांवली अनुसार पहिलो पूर्वज पूर्खा मन नारायण श्रेष्ठ थिए। वहाँको तीन भाई छोराहरू क्रमशः भण्डार सिंह, करविर र कान्छो भाइ कुविर सिंह श्रेष्ठ थिए। विचको माइलो भाई चौथो पिढीका करविर श्रेष्ठ जिल्ला धनकुटाको पूर्वमा पर्ने प्राकृतिक दृष्टिले अति रमणिय स्थान छानी बुधवारे को राजा पोखरी भन्ने ठाउको खोला पहिरोको प्रकोप विहिन स्थानमा आइ भविष्य सम्मलाइ हुने ठाँउ हेरि ठहराई अति उचित स्थानमा घर बनाइ घरजम गरि वस्नु भएछ जो आज वहाका ६ वाजे को श्री करविर श्रेष्ठको वा (महाविष्णु) को सन्तान भनेर उधगम स्थान देखि तराइ मधेश पहाड़ राजधानी र देश विदेश सम्म पनि फैलिएर श्रद्धेय प्रतिस्ठित शुभनामले परिचित छन्।
कुलदेवी तलेजु भवानीको नेपाल आगमन
जेठा र कान्छा वाजे क्रमशः भण्डार सिंह र कुविर सिंह श्रेष्ठ का सन्तानहरू तेह्रथुम जिल्लामा सबै संगै रहिरहेको समयको लिखित वंशावलीको अधारमा, लिखित वंशावलीको अनुसार तत्कालिन थरी मुखियाको छोराहर टेक बहादुर श्रेष्ठ र मनवहादुर श्रेष्ठको अनुसार, हाम्रो पहिलो उत्पत्ति काशी पुरी हो। काशी पुरीमा छंदा देखिनै कूल देवी तलेजु भवानीको साथमा नारायण देवता राखी आफ्नो इष्ट देव कुल देवी देवता मानिआएका थिए। पछि पछि काशीपुरीमा मानव वस्ती घना हुदै गए पछि सहज, अँट्न सक्ने ठाउको खोजी गरौ भनी तलेजु भवानी र नारायणलाई साथमा बोकी अब हामी सहज स्थान मा जाँउ भनी त्यहा बाट हिड्नु भएछ । जहाँ जहाँ वास बसियो त्यहाँ त्यहाँ विहान उठेर सफा सुघर भएर भवानीको पूजा पाठ गर्दै आउनु भयो । आउदा आउदै नेपाल देशको जिल्ला भक्तपुर (भादगाउँ) “विटोल” हाल भक्तपुरको दरबार स्क्वार वौमणी भन्ने ठाउमा पुगेर वास वस्नु भएछ। बिहान उठेर नित्यकर्म गरि, भवानीको नित्य कर्म गरि सकेर अव जाउँ भनि भवानी लाई उठाउँदा जती बल गरेर उठाउदा पनि उठाउन नसके पछि भवानी लाई यसै ठाउँमा बस्ने इच्छा भएछ उठ्न मानुभएन अव हामी पनि यहि वसी भवानीको पूजापाठमा निरन्तर रहौं भनि सवैजना त्यसै ठाँउमा बस्नु भएछ।
त्यस बखत हाम्रो पुर्खाको शहर भादगाउे टोल ”बिटोल”, घर नं ०३३६, देबीलाई चडाउने र खाने पानी सुनधारा, घार आर्यघाट। कुलदेवता तलेजु भवानी साथमा नारायण को नित्य पूजा पाठ गरि वस्नु भएछ । हाल सम्म पनि वहाँहरूकै दरसन्तानबाट भवानीको नित्य पूजापाठ गरिदै आएको छ।
यसरी वहाँहरुबाट भक्तपुरको उल्लेखित स्थानमा हाम्रा पुर्वज पुर्खाहरुको नेपाल को पहीलो आगमन र बासस्थान हुनआएको भन्ने आएको हुँदा वि.सं. २०४३ सालमा उल्लेखित देवताहरूको प्रथम उत्पत्ति स्थान, कूल देवी बोकी आउँदा आउँदा वाटोको सत्य तथ्य कुरा, मान्ने तरिका, कुलपुजा गर्ने तरीका, हालसम्म आफ्नै सन्तान बाट मात्र नित्य पूजा पाठ गरिदै आएको भन्ने सहि कुरा तेह्रथुमे दाजुभाई हरुको भनाई संग मिल्छ की मिल्दैन तथ्य कुरा बुज्नको लागी तत्कालिन हाम्रा बुढा पाका बुद्धिजिवि दाजुभाईहरुले सल्लाह गरी हामी २ भाई हरि भगत श्रेष्ठ र बिरेन्द्र कुमार श्रेष्ठ झापालीलाई भक्तपुरको त्यस स्थानमा गई सारा सबै कुरा वुझन भनि खटाउनु भयो ।
तलेजु भवानीको खोजी
खटाईएको केहि समय भित्र हामी २ भाई त्यस स्थान को वरपर छिमेकी बुडापाका वुद्धिजिबिहरु संगको घर दैलोमा पुगी यस ठाउँमा तलेजु भवानी बोकि ल्याउने र नित्य पूजा पाठ गर्ने मानिस को हो कहाँ वस्छ घर कुन हो भनि सोधि खोजिको काम सुरु भयो। गर्दै जाँदा स्थानिय मानिस हरु अंश खाज्न आएको हो कि भन्ने ठानी शंका गर्दा रहेछन । हत्पति निश्चित मानिसलाई नचिनाउने गर्दो रहेछन्। वहाँहरुको आसय बुझि त्यो भ्रम चीरी बल्ल ४औ दिन मा तलेजु भवानीको पूजारीको काका पञ्चायत कालको सुरु देखि २०४३ साल सम्म अनवरत रुपले जिल्ला पंचायतको जिल्ला सदस्य हुनु भएका ८० बर्षिय वर्षिय ईश्वरी प्रसाद श्रेष्ठ जोशी को घर देखाइदिनु भयो। हामी त्यहाँ पुग्दा दैव संयोग वहाँलाई घरमा नै भेटियो। हामी पूर्व धनकुटाबाट आएका हौ भन्यौ वहाँले हामीलाइ स्वागत साथ एक तला माथि लगेर चिटिक्क वडारेको भुईमा राडी ओछ्याई राख्नु भयो। वहाँलाई कसैले भारत गुडगुडे हुक्कामा तमाखु भरेर ल्याइ दियो। हामीलाइ चीयाको गिलास आयो। हुक्काको गडगडाहट र चीया को चुस्कि सँग मिलाउदै चिना परिचय गरेर धैरै प्रयास पछि मात्र हजुरसँग भेट गर्न सफल भएको कुरा बतायौ। ठूलै कुरा लिएर त आएका होइनौ सानै तर जड कुराको खोजि गर्दै हजुरसंग आएका हौ। हजुरको थर जोशी भएकोले हजुरसंग जड कुरा बुझ्न आएका हौ भनी तलेजु भवानीको आगमन कसरी भयो देखि सुरु गरेर तेह्रथुमे दाजुभाइले भनेको पालै पालो सबै सबै कुरा बारे सोध्यौं। सबैको उत्ता उस्तै उस्तै एकनासको आयो। पूर्वकाल देखि अहिले सम्म मेरै भाई भतिजोको सन्तान बाट क्रमिक रूपले देबीका पूजारी हुदै आएका छन्। पूजारीको घर केहि टाडा छ, भेट्ने भए जाउ भन्नु भयो। तर समय घर्कि सकेको, बाहन मोटर साइकल २ जना बाहेक सहरमा हिड्न नमिल्ने वाध्यताले पूजारी संग भेट गर्न सकेनौं, वंशावलीको कुरा उठायौ । ठिक एक वर्ष अघि उहाँकै दाजु रुद्र वहादुर श्रेष्ठ जोशीबाट निर्मित अमृतनन्दका सन्तानहरुको वंशावली उहाँको दाजुकै घरमा लगेर देखाउनु भयो। फोटो कपिको जमाना थिएन छ हातले कोरेर रफ वंशावलीको चीत्र ल्यायौ। त्यसको फोटो कपि यँहा समावेस गरिएको छ।
यो वंशावलीमा पूर्व तेह्रथुम आएका मननारायण श्रेष्ठको नाम जोडिएको छैन। यसको पहिलो कारण २०४१-२०४२ मा मात्रा यो वंशावलीले अन्तिम रुप दिएको भन्ने ईश्वरी प्रसाद श्रेष्ठ जोशीको भनाइ छ। बसांवलीमा थोरै मात्र मानिसहरुको नाम समावेस गरिएको छ। सो अनुसार निकै पछिको पछिल्लो पिडिहरुको नाम बाट मात्र बसांवली निर्माण भएको भन्ने बुझिन्छ ।
दोश्रो कारण भक्तपुरदेखि जिल्ला तेह्रथुम आउने पूर्खा, वंशावलीमा नाम समावेस भएकै व्यक्ति भएपनि रहदा बस्दा कुनै पुस्ताको सन्तानमा मननारायण श्रेष्ठको रहन, सहन, कृयाकलाप, काम दाम, ईमान्दारीले गर्दा, मन नारायणको नाम अगाडी आएको हुनुपर्छ। जस्तो अहिलेको हाम्रो सन्तानको पूर्खा करबिर श्रेष्ठको नामले सन्तान चिनिएका छैनन्। दाजुभाइ बाहेक वर पर का सवैले पछिकै पुस्ताको “महाविष्णु” सन्तान भनेर चिन्छन्। करविरको नामले चिन्दैनन्। यसरी काम दाम र समुचित व्यवहारले सन्तानको पहिलो नाम, ओगटेको हुन सक्छ।
हाम्रो सन्तानको उदय धेरै वर्ष पुरानो भई सकेको हुदा यस्को सत्य तथ्य खोतल्न धैरै तलको गहिराई सम्म ठुब्नुपर्ने देखिन्छ जस्तो मन नारायण देखि धनबहादुर र चन्द्रलाल श्रेष्ठको पुस्ता, गन्तिमा सातौ पुस्ता हुन आउछ। प्रत्येक पुस्ताको सरदर आयु ७० वर्ष मान्दा ७०x ७ पुस्ता = ४९० वर्ष। २०७८ साल – ४९० वर्ष = १५८८ साल (वि.सं.) यसरी पन्ध्रौ सोरौ सताब्दी तिर वा ४०० (चारसय) ५०० (पाँचसय) वर्ष अघिको कुरा हो, मननारायण श्रेष्ठको नाम। २०४१–०४२ जा अन्तीम रुप पाएको बसांवली मा , वहाँको नाम नसमेटिनु मा कुनै आस्चर्य कुरा भएन।
भक्तपुरको ईश्वरी प्रसाद श्रेष्ठ जोशी र तेह्रथुमको टेकबहादुर र मनबहादुर श्रेष्ठ दुई थरीको भनाइ अनुसार कुल देवी तलेजु भवानी काँशी पुरीदेखि वाटोमा बस्दा र भक्तपुरको नौवणीमा बसे पछि उठन नमानेको, एकै सन्तान वाट मात्र नितय पूजा पाठ गरिदै आएको सम्मको कथा दुवै थरीको जस्ताको तस्तै मिल्न आएको हुदा तलेजु भवानी हाम्रो पनि कुलदेवी हो भन्ने छर्लङ्ग हुन आउछ। हाम्रो पूर्खा श्री करबिर श्रेष्ठ तेह्रथुमबाट नै छनं बुधवारे राजापोखरीमा आई स्थाई बसोवास गरि वस्नु भएको थियो। सताब्दिऔ भन्दा अधि देखि तेह्रथुममा हम्रो दाजुभाइ हरु छन् भन्ने कुरा सबैले जानी सुनी राखेकै, उठीराखेकै कुरा हो। केहि टाडा भएको कारण भेटघाट सम्पर्क सुत्रहरु नभएकोले हाम्रो निकटता टाडा भएको थियो। समय र परिस्थिति संगै बसाई सराई हुदै जाँदा हाम्रो निकटता नजिकियो। दाजु भाईको नाता जोडियो । सताब्दिऔं देखी गरि नआएको “देवाली“ “कुलपूजाका“ थालनी भयो। “देवाली“ कूल पूजाले हाम्रो दाजु भाइ भित्र निकटताको सकारात्मक सन्देश दिई आएको छ।
अन्तमा तलेजुभवानी को ईतिहासमा लिच्छवी काल, मल्ल काल देखी शाहकाल सम्म का राजा महाराजाहरु सबै सबैले कसैले ईष्ट देवी को रुपमा, कसैले शक्तीदेवीको रुपमा, कसैले कुलदेवीको रुपमा पुजा गरि मानि आएका महान तन्त्रिक शक्तिशाली देवी कुल हामी लाई, सुम्पेर जसले जे सुनाए, जे गराए हामीले जे सुन्यौ जे गर्यौ, तलेजु भवानी, तेह्रथुम र भक्तपुरले अत्यन्तै नजिकिएर (निकट रहेर) स–सम्मान, श्रद्धाभावपूर्वक हामीलाई स्वागत गरे।
खोजि तथा लेखन
श्री हरि भगत श्रेष्ठ
श्री विरेन्द्रकुमार श्रेष्ठ (झापाली)